(लघुसंस्मरण) एक समय
(लघुसंस्मरण) एक समय सरण राई एक समय थियाे, रेडियाेकाे लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन दिनभर लाग्ने । दिनभर लाग्नु पर्ने चाहिँ कर्मचारीहरूले रेडियाे घन्काएर दिनभर सुनेर साझमा मात्र लाइसेन्स दिने हुनाले हाे । त्यति बेला टाेटावाल बन्दुक पनि किनबेच हुन्थ्याे । त्यतिबेला बन्दुककाे पनि लाइसेन्स लिनु पर्ने भए पनि सजिलै पाइने । पल्टनबाट अाउने लाहुरेहरूले सिङ्गल वा जाेर टाेटावाल बन्दुक ल्याउथे र सुन, रेडियाेजस्तै बिक्री गर्थे । बन्दुक ल्याउदा फायदा हुन्थ्याे ।छुट्टिभरि सिकार खेल्याे र छुट्टि सकिएर फर्कने बेला बेच्याे । त्यस्काे केही समय पछि टेलिभिजन अायाे, टेलिभिजनकाे पनि लाइसेन्स लिनु पर्थ्याे । स्यामश्वेत र रङ्गिनकाे राजस्व फरक फरक थियाे । त्याे बेला एन्टेना ठडिएकाे घरकाे बेग्लै इज्जत हुन्थ्याे । टेलिभिजन हेर्न टाेलभरिका मान्छे जम्मा हुन्थे , एकजनाले एन्टेना घुमाउनु पर्ने र ठीक देखिने भए पछि कराएर भन्नू पर्ने ।बिजुली नभएकाे गाउँघरमा त बेटरी चार्ज गर्नु पर्ने भएकाेले टेलिभिजन हेर्नेसँग पैसा पनि लिइन्थ्याे । हेर्नेले पनि राजीखुसीले नै तिर्थ्याे । बन्दुककाे बारेमा चाहिँ ता...