Posts

(लघुसंस्मरण) एक समय

Image
  (लघुसंस्मरण) एक समय   सरण राई   एक समय थियाे, रेडियाेकाे लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन दिनभर लाग्ने । दिनभर लाग्नु पर्ने चाहिँ कर्मचारीहरूले रेडियाे घन्काएर दिनभर सुनेर साझमा मात्र लाइसेन्स दिने हुनाले हाे । त्यति बेला टाेटावाल बन्दुक पनि किनबेच हुन्थ्याे । त्यतिबेला बन्दुककाे पनि लाइसेन्स लिनु पर्ने भए पनि सजिलै पाइने । पल्टनबाट अाउने लाहुरेहरूले सिङ्गल वा जाेर टाेटावाल बन्दुक ल्याउथे र सुन, रेडियाेजस्तै बिक्री गर्थे । बन्दुक ल्याउदा फायदा हुन्थ्याे ।छुट्टिभरि सिकार खेल्याे र छुट्टि सकिएर फर्कने बेला बेच्याे । त्यस्काे केही समय पछि टेलिभिजन अायाे, टेलिभिजनकाे पनि लाइसेन्स लिनु पर्थ्याे । स्यामश्वेत र रङ्गिनकाे राजस्व फरक फरक थियाे । त्याे बेला एन्टेना ठडिएकाे घरकाे बेग्लै इज्जत हुन्थ्याे । टेलिभिजन हेर्न टाेलभरिका मान्छे जम्मा हुन्थे , एकजनाले एन्टेना घुमाउनु पर्ने र ठीक देखिने भए पछि कराएर भन्नू पर्ने ।बिजुली नभएकाे गाउँघरमा त बेटरी चार्ज गर्नु पर्ने भएकाेले टेलिभिजन हेर्नेसँग पैसा पनि लिइन्थ्याे । हेर्नेले पनि राजीखुसीले नै तिर्थ्याे । बन्दुककाे बारेमा चाहिँ ता...

(लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु १. स्कुले केटाकेटी जीवन

Image
  (लघुसंस्मरण) जन्म गाउँ-- छिनामखु १. स्कुले केटाकेटी जीवन   सरण राई   २००४,चैतमा छिनामखुमा जन्मेकाे मैले आफ्नाे जन्म गाउँ भुल्ने कुरै भएन । आमाबुबाजस्तै हाे जन्मस्थल । ७५वर्ष अगाडिकाे त्याे समय आजभाेलिकाे जस्ताे थिएन नै । यातायात, सञ्चार, शिक्षा, बिजुली र स्वास्थ आदि सुबिधाकाे अभाव भएका सबै पहाडी क्षेत्र दुर्गम र विश्वबाट एक्लिएकाे थियाे । रेडियाे पनि नभएकाे त्याे बेला माेबाइल, टेलिभिजन , टेलिफाेन र इन्टरनेटकाे नाम पनि सुनिएकाे थिएन । गाउँ सुनसान भए पनि प्रकृतिकाे काखमा रहेकाेले स्वास्थप्रद थियाे । केही धनिमानी मानिसहरू बाहेक सबैकाे खुट्टामा जुत्ता हुँदैनथ्याे । खाली खुट्टा हुन्थे , हरिनाथले कुर्कुच्चा चिरिएकाे हुन्थ्याे । जुत्ता लगाउनेहरूले पनि स्थानीय सार्कीले बनाएका करूवा काँटी ठाेकिएकाे कडा जुत्ता लगाउथे । त्यस्ताे जुत्तालाई नरम बजाउन बाेसाे दलिरहन पर्थ्याे । केटाकेटीहरूले त झन् जुत्ता जुत्ता लगाउने कुरै थिएन । २००७सालपछि खुलेकाे गाउँकाे स्कुलमा पढ्ने हामी सबै खाली खुट्टा । त्यतिबेला मुलुकका ९५% मानिसहरू खाली खुट्टामा हुन्थे । त्यस‌ले उखान बनेकाे थियाे -- "ज...